दफा ५०
विवरण सार्वजनिक गर्नु पर्ने
बोर्डले अनुमतिपत्र प्राप्त संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी काम कारबाहीको विवरण तथा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको अनुमतिपत्र प्राप्त संस्थाले पालना गरे नगरेको तथा दफा ४८ बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले बोर्डमा पेश गरेको सूचना तथा विवरण तोकिए बमोजिम सार्वजनिक गर्नेछ ।